१- पुर्ण प्रतिस्पर्धा बजार अन्तर्गत TR, AR र MR बक्रको व्युत्पत्ति (निर्माण) कसरी हुन्छ? लेख्नुहोस् ।
उत्तरः- पूर्ण प्रतिस्पर्धा एक यस्तो बजार संरचना हो जहाँ समरुपी बस्तुको खरिद बिक्री गर्ने क्रेता र बिक्रेता धेरै संख्यामा रहेका हुन्छन् । उद्योग द्वारा निर्धारित बस्तुको मूल्य प्रत्येक फर्मले स्वीकार्ने हुँदा कुनै फर्मले बजार मूल्यलाई प्रभावित गर्न सक्दैन । यसैगरी एउटा क्रेताले गर्ने बस्तुको माग समग्र बजारको पूर्तीको तुलनामा अति न्यून हुने हुँदा एकल क्रेताले पनि बजार मूल्यलाई प्रभवित गर्न सक्दैन । त्यसैले यस्तो बजारमा बस्तुको मूल्य स्थीर रहनछ । परिणाम स्वरुप निम्न प्रकृतिका TR, AR र MR रेखाहरुको व्युत्पत्ति (निर्माण) हुन्छ ।
क) मूल्य स्थीर रहने हुदाँ बिक्री परिमाण बढ्दै जाँदा कुल आय समानुपातिक रुपमा बढ्छ । त्यसैले आयबक्र TR माथी दायाँ तिर ढल्किन्छ ।
ख) मूल्य स्थीर रहने हुदाँ बिक्री परिमाण बढ्दै गयतापनि औषत र सीमान्त आय स्थीर रहन्छन् र एकअर्का संग बराबर समेत हुन्छन् । त्यसैले औषत AR र सीमान्त MR आयबक्र एक अर्कामा गाभिदै X-axis संग समानान्तरण भएका हुन्छन् ।
TR, AR र MR रेखाहरुको व्युत्पत्ति (निर्माण) प्रक्रियालाई निम्न तालिका र रेखाचित्रको माध्यमबाट देखाउन सकिन्छ ।
Schedule of TR, AR & MR
Price (P) | Quantity sold (Q) | TR (P×Q) | AR (TR/Q) | MR(∆TR/∆Q) |
1 2 3 4 5 | 20 40 60 80 100 |
माथिको तालिकामा पहिलो महलमा देखाए अनुरुप बस्तुको मूल्य स्थीर रहदाँ पनि बिक्रि परिणाम १, २, ३, ४ र ५ गरी बढ्दै जाँदा कुल आय समानुपातिक रुपमा २०, ४०, ६०, ८० र १०० हुदैँ बढेको छ । तर औषत आय र सीमान्त आय भने बिक्रि परिणाम बढेतापनि स्थीर रहदैँ मूल्य संग बराबर भइरहेको छ।
माथिको तालिकालाई रेखाचित्रीय प्रस्तुतीकरण गरियो भने TR, AR र MR बक्रको निर्माण प्रक्रिया देखाउन सकिन्छ ।
१- एकाधिकार बजार अन्तर्गत TR, AR र MR बक्रको व्युत्पत्ति (निर्माण) कसरी हुन्छ? लेख्नुहोस् ।
उत्तरः- एकाधीकार यस्तो बजार संरचना हो जहाँ कुनै बस्तुको एकल उत्पादक वा बिक्रेता हुन्छ र उक्त बस्तुको निकटतम् प्रतिस्थापन योज्ञ बस्तु बजारमा हुदैन । उत्पादक वा बिक्रेता एउटामात्र हुने हुदाँ बिक्री परिमाण र बस्तुको मूल्यमा उसको नियनत्रण हुन्छ । तथापि बस्तुको परिमाण र मूल्य दुबैमा संगै नियन्त्रण रहदैन् । तसर्थ नाफा अधिकीकरण गर्ने एकाधिकारीले बस्तुको मूल्यमा कटौती गरी विक्री परिमाण बढाउछ । परिणाम स्वरुप उसको कुल आय बढ्छ तर औषत र सिमान्त आय भने घट्न थाल्छन् । । यसरी मूल्य कटौती गर्दै बिक्री परिमाण बढाउँदै लेजादा कुल आय बढ्दै गइ एक निश्चित विन्दुमा अधिक हुने गर्छ भने सीमान्त आय शुन्य हुनजान्छ। यस विन्दुमा एकाधिकारीको नाफा अधिकतम् हुन्छ । त्यस पछि पनि मूल्यमा कटौती गरी बस्तु बिक्री गरियो भने कुल आय घट्न थाल्छ र सीमान्त आय नकारात्मक भइ एकाधिकारीले नोक्सान बहन गर्नु पर्दछ ।
माथिको यसै तथ्यको आधारमा कुल, औषत र सीमान्त आय अनुसूची तयार गरी कुल, औषत र सीमान्त बक्रको निर्माण प्रक्रिया देखाउन सकिन्छ ।
कुल, औषत र सीमान्त आय अनुसूची
Price (P) | Quantity (Q) | TR(P×Q) | AR(TR/Q) | MR(∆TR/∆Q) |
20 24 24 |
माथिको तालिकामा एकाधीकारीले बस्तुको मूल्यमा कटौती गर्दै जाँदा बिक्री परिमाण क्रमशः बढ्दै गएको पाइन्छ । यसरी बिक्री परिमाण बढ्दै जाँदा AR र MR क्रमशः घटिरहेका छन् भने कुल आय TR बढ्दै गैरहेको छ । बस्तुको ४ एकाई बिक्रीमा कुल आय अधिक रू. २४ हुन गएको छ भने MR शून्य हुन पुगेको छ । एकाधिकारीका लागि यो अधिकतम् नाफा प्राप्त गर्ने विन्दु हो । यदि एकाधिकारीले अझैं मूल्यमा कटौती गरी बिक्री परिमाण बढायो भने TR घटेर रू. २० मा झर्ने छ भने MR घटेर -४ हुनेछ र उसले घाटा बेहोर्नु पर्ने छ ।
एकाधिकारीको यस्तै कुल, औषत र सीमान्त आय अनुसूचीको रेखाचित्रीय प्रतुतीकरण बाट निम्न अनुसारको TR, AR र MR बक्रको ब्युत्पत्ति गर्न सकिन्छ ।
विद्यार्थीहरु तपाँइलाई अर्थशास्त्र सम्बन्धि कुनै अन्य प्रशनको उत्तर आवश्यक छ भन्ने लागेमा तल कमेन्टमा लेखि पठाउनु होस् ।
0 Comments
Hi, I hope you're mentally fit & you'll never enter any spam link in the comment box.