१- माग बक्रको विचलन र स्थानान्तरण भनेको के हो? रेखाचित्र सहित वर्णन गर्नुहोस् । What do you mean by movement and shift demand curve? Explain with diagram.

उत्तर ः - बस्तु तथा सेवाको माग मूल्य लगाएत अन्य विभिन्न कारणले परिवर्तन हुन्छ । उदाहरणका लागि, मूल्य लगाएत उपभोक्ताको आय, रुचि, बानि, फेशन, जनसङ्ख्या, मौषम, आदिमा परिवर्तन भएमा वस्तु तथा सेवहरुको मागमा पनि परिवर्तन हुन्छ । यी मागलाई प्रभाव पार्ने तत्त्वहरुमध्य अन्य तत्त्वहरु स्थीर रही केवल मूल्यमा मात्र परिवर्तन भएका कारणले बस्तु तथा सेवाहरुको मागमा परिवर्तन हुन्छ भने यस्तो परिवर्तनलाई मागमा विचलन (Movement) भनिन्छ । यसको ठिक विपरित मूल्य स्थीर रही अन्य तत्त्वहरुमा परिवर्तन भएका कारण वस्तु तथा सेवहरुको मागमा परिवर्तन हुन्छ भने यस्तो परिवर्तनलाई मागमा स्थानान्तरण (Shift) भनिन्छ ।


माग बक्रको विचलन र स्थानान्तरणलाई तलको  रेखाचित्रको माध्यमवाट स्पष्ट पार्न सकिन्छ ।

(क) माग बक्रमा विचलन (Movement along the demand curve)

मागलाई प्रभाव पार्ने तत्त्वहरुमध्य अन्य तत्त्वहरु स्थीर रही केवल मूल्यमा मात्र परिवर्तन भएका कारणले बस्तु तथा सेवाहरुको मागमा परिवर्तन हुन्छ भने यस्तो परिवर्तनलाई मागमा विचलन (Movement) भनिन्छ । यसलाई तलको रेखाचित्रको माध्यमवाट स्पष्ट पार्न सकिन्छ ।

माथिको रेखाचित्रमा मूल्य रु. 10 हुँदा माग परिमाण 2 इकाई छ । तर, मूल्य बढेर रु. 15 मा पुग्दा माग घटेर 1 इकाईमा र मूल्य घटेर  रु. 5  हुँदा माग बढेर 3 इकाई हुन गएको छ । यसरी माग बक्र विन्दु Q बाट P र R मा परिवर्तन हुने प्रक्रियालाई मागबक्रको बिचलन भनिन्छ । यसरी मूल्य परिवर्तनका कारण मागमा परिवर्तन हुन्छ ।

(ख) माग बक्रको सराई (Shift in demand curve)

मूल्य स्थीर रही अन्य तत्त्वहरुमा परिवर्तन भएका कारण वस्तु तथा सेवहरुको मागमा परिवर्तन हुन्छ भने यस्तो परिवर्तनलाई मागमा स्थानान्तरण (Shift) भनिन्छ । यसलाई निम्न रेखाचित्रको माध्यमवाट स्पष्ट पार्न सकिन्छ ।


माथिको रेखाचित्रमा मूल्य रु. 10 स्थीर रहेतापनि मागबक्र DD बाट D1D1 मा स्थानान्तरण भएको छ । यसैगरी सोही मूल्यमा माग परिमाण घट्नगई माग बक्र D0D0 मा स्थानान्तरण हुन गएको छ । यसरी मूल्य स्थीर हुँदाहुँदै पनि माग बक्रमा हुने स्थानान्तरणलाई Shift in demand curve भनिन्छ । यसरी मूल्यबाहेकका अन्य तत्त्वहरुमा भएको परिवर्तनका कारण माग बक्रमा स्थानानान्तण हुन्छ ।

२- मागबक्र स्थनान्तरणका कारणहरू उल्लेख गर्नुहोस् । Describe the causes of shift in demand curve.

उत्तरः मागबक्र स्थानान्तरणका कारणहरू निम्न प्रकारका छन् ।

(क) आयमा परिवर्तन Change in income

उपभोक्ताको आयमा भएको परिवर्तनले बस्तु तथा सेवाको मागमा परिवर्तन ल्याउछ । बस्तुको ंमूल्य स्थीर रहेतापनि आयमा बृद्धि भएको समयमा उपभोक्ताले बस्तु तथा सेवाको माग अधिक परिमाणमा गर्ने गर्द छ भने आयमा कमि हुँदा उपभोक्ताको मागमा पनि कमि आउँछ । यसरी आयमा हुने परिवर्तनले माग बक्रलाई दायाँ वा वायाँ तिर स्थानान्तरण गराउँदछ ।

(ख) जनसङ्ख्याको आकारमा परिवर्तन Change in size of population

कुनै स्थानमा केही कारणले जनसङ्ख्याको आकारमा परिवर्तन भएमा बस्तु तथा सेवाको मूल्यमा कुनै परिवर्तन नभएतापनि माग परिमाणमा भने परिवर्तन हुन जान्छ । उदाहरणका लागि, कुनै स्थानमा बसाइ सराईका कारण जनसङ्ख्यामा बृद्धि हुँदा मूल्यमा परिवर्तन नभएतापनि उक्त स्थानमा आबश्यक बस्तु तथा सेवाको माग बढ्दछ । यसको विपरित यदि जनसङ्ख्यामा कमि भएमा बस्तु तथा सेवाको माग घट्दछ । यस्तो अवस्थामा पनि माग बक्रमा स्थानान्तरण हुनजान्छ ।

(ग) रुची तथा फेशनमा परिवर्तन Change in taste and fashion

उपभोक्ताको रुची तथा फेशनमा भपको परिवर्तनले पनि मूल्यमा कुनै परिवर्तन नभएतानि मागमा परिवर्तन आउँछ । यदि उपभोक्ताको कुनै निश्चित बस्तु प्रति रुचि बढेमा स्थीर मूल्यमा पनि उक्त बस्तुको मागमा बृद्धि हुन जान्छ । अन्तथा मागमा कमि हुन जान्छ ।

त्यसै गरि कुनै बस्तुको फेशनमा बृद्धि भयो भन्यो उपभोक्ताहरु उक्त फेशन प्रति बढी आकर्शण हुन गइ स्थीर बजार मूल्य भएतापनि बस्तुको मागमा बृद्धि गर्दछन् । यसको विपरित फेशनबाट बाहिरीएको बस्तुको मागमा कमि आउँछ । तसर्थ रूची र फेशमा हुने परिवर्तनले पनि माग बक्रको स्थानन्तरण गराउँदछ ।

(घ) कर नीतिमा परिवर्तन Change in tax policy 

सरकारले कर नीतिमा परिवर्तन गरेमा पनि मागबक्र स्थानन्तरण हुने गर्दछ । यदि सरकारले प्रत्यक्ष करको दरमा बृद्धि गर्‍यो भने उपभोक्ताहरुको व्यययोज्ञ्य आयमा कमि हुनजान्छ र मूल्यमा परिवर्तन नभएतापनि मागमा कमि हुन्छ । यदि प्रत्यक्ष करको दरमा सरकारले कटौती गर्‍यो भने व्यययोज्ञ्य आयमा बृद्धि हुनगइ बस्तु तथा सेवाको माग बढ्नजान्छ । तसर्थ करनीतिमा हुने परिवर्तनले पनि मागबक्र स्थानन्तरण हुने गर्दछ ।

(ङ) भविष्यमा मूल्य परिवर्तन हुने आशंका Expectation to change in price in future

उपभोक्ताहरुमा भविष्यमा मूल्यमा परिवर्तन हुने आशंकाले पनि माग परिमाणमा परिवर्तन ल्याउछ । यदि उपभोक्ताहरुलाई भवोष्यमा कुनै बस्तुको मूल्य बढ्ने आशंका भयो भने मौजुदा मूल्यमा नै वस्तु मागमा बृद्धि हुन्छ । यदि उनीहरुलाई बस्तुको माग भविष्यमा घट्नेछ भन्ने आशंका भयो भने वर्तमानमा उनीहरुले मागमा कटौती गर्दछन् र मागमा कमी हुन जान्छ । यसरी मागमा हुने परिवर्तनले मागबक्र स्थनन्तरण हुनछ ।

(च) प्रतिस्थापन बस्तुको मूल्यमा परिवर्तन Change in the price of substitutes

कुनै दुइ बस्तुहरु एकआपसमा प्रतिस्थापन गर्न सकिने छन् भने एउटा बस्तुको मूल्यमा हुने परिवर्तनले अर्को बस्तुको मागमा परिवर्तन ल्याउछ । उदाहणका लागि, यदि कलमको मूल्यमा बृद्धि भयो भने मसीको मूल्य स्थीर रहेतापनि मसीको मागमा कमी हुन जान्छ । यसरी प्रिस्थापन बस्तुको ंमूल्यमा हुने परिवर्तनले पनि माग बक्र स्थानन्रण हुन्छ ।

(छ) राष्ट्रिय विपत्ती National Calamities

राष्ट्रिय विपत्तीको समयमा पनि बस्तुको मूल्यमा कुनै परिवर्तन नभएतापनि कतिपय बस्तुको मागमा एक्कासी बृद्धि वा कमी हुनजान्छ । यसले पनि माग बक्रलाई स्थानन्तरण गराउँछ ।