Solved Question Paper

Class:- 11

First Term Assessment 2080

F.M. :- 50

Time:- 2 hrs.

Sub:- Economics

                     P.M. :-

 

Group – ‘A’ (समूह ‘क’)

 Very Short Answer Questions: (अति संक्षिप्त उत्तरात्मक प्रश्नहरुः)

 Attempt All Questions. (सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।)                                       (6×1=6)

1-       Who defined economics as a science of wealth?

अर्थशास्त्रलाई धनको विज्ञानको रुपमा कसले परिभाषित गरेका हुन्?

2-       Define demand function.

माग फलनलाई परिभाषित गर्नुहोस् ।

3-       Which definition of economics prioritizes human welfare?

अर्थशास्त्रको कुन परिभाषाले मानव कल्याणलाई प्राथमिकता दिन्छ?

4-       Write down any two features of scarcity definition of economics?

दुर्लभता सम्बन्धि अर्थशास्त्रको परिभाषाको कुनै दुई विशेषता लेख्नुहोस् ।

5-       What is price demand?

मूल्यमाग भनेको के हो?

6-       Given the demand function as  `Q_d=20-0.5P` , Find out quantity demanded at per unit price Rs. 20.

दिइएको माग फलन  बाट प्रति एकाई मूल्य रु. 20 हुँदाको माग परिमाण पत्ता लगाउनुहोस् ।

 

Group – ‘B’ (समूह ‘ख’)

 Short Answer Questions: (संक्षिप्त उत्तरात्मक प्रश्नहरुः)

 Attempt All Questions. (सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।)                                                       (4×5=20)

7-       Explain the main features of welfare definition of economics?

अर्थशास्त्रको कल्याण सम्बन्धि परिभाषाको विशेषताहरुको व्याख्या गर्नुहोस् ।

8-       What do you mean by movement along the demand curve? Explain.

माग बक्रको साथमा विचलन भन्नाले के बुझ्नुहुन्छ? व्याख्या गर्नुहोस् ।

9-       Explain any five determinants of supply?

पूर्तिका कुनै पाँच निर्धारक तत्त्वहरुको व्यख्या गर्नुहोस् ।

10-   Distinguish between linear and non-linear demand functions.

सरल रेखीय र बक्र रेखीय माग फलन बीच फरक देखाउनुहोस् ।

 

Group – ‘C’ (समूह ‘ग’)

 Long Answer Questions: (लामो उत्तरात्मक प्रश्नहरुः)

 Attempt All Questions. (सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।)                                                       (3×8=24)

11-   Explain the wealth definition of economics with its criticisms.

अर्थशास्त्रको धनसम्बन्धि परिभाषालाई अलोचना सहित व्याख्या गर्नुहोस् ।

12-   What do you mean by law of demand? Explain it with an appropriate demand schedule and diagram.

मागको नियम भनेको के हो? यसको उपयुक्त तालिका र रेखा चित्र सहित व्याख्या गर्नुहोस् ।

13-   Given the demand function `Q_d=1100-100P` and supply function `Q_s=-100+50P`, Find equilibrium price and quantity.

बस्तुको माग फलन `Q_d=1100-100P` र पूर्ति फलन `Q_s=-100+50P` छ भने, उक्त बस्तुको सन्तुलन मूल्य र परिमाण पत्ता लगाउनुहोस् ।

Or (अथवा)

What is meant by shift in demand curve? Explain different factors causing shift in demand curve.

माग बक्रको स्थानान्तरण भनेको के हो? माग बक्रको स्थानान्तरण गराउने तत्त्वहरुको व्याख्या गर्नुहोस् ।

The End (समाप्त)

समूह 'क' को उत्तर

१- उत्तरः- अर्थशास्त्रलाई धनको विज्ञानकोरुपमा अर्थशास्त्री एडम स्मिथले परिभाषित गरेका हुन ।

२- उत्तरः- मूल्य र माग परिमाण बीचको फलनात्मक सम्बन्ध (Functional Relationship) लाई माग फलन भनिन्छ ।

३- उत्तरः- अर्थशास्त्री अल्फ्रेड मार्शलले दिएको कल्याण सम्बन्धि परिभाषाले मानव कल्याणलाई प्राथमिकता दिन्छ ।

४- उत्तरः- दुर्लभता सम्बन्धि परिभाषाका दुई वटा विशेषता यस प्रकार छन् ।

 क) साधन सीमित हुन्छ । 
ख) मानवीय आवश्यकता असीमित हुन्छन् । 

५- उत्तरः- अन्यकुरा एथावत रहँदा, कुनै निश्चित समयमा, कुनै बस्तुका विभिन्न मूल्यमा बजारमा खरिद गरिने उक्तवस्तुको कुल परिमाणलाई बजार माग भनिन्छ ।

६- उत्तरः-  दिइएको माग फलन, `Q_d=20-0.5P` र प्रति एकाई मूल्य रू `P=20` 
मूल्यलाई समिकरणमा `P`  को स्थानमा प्रतिस्थापन गर्दा ,
`Q_d=20-0.5×20`
`Q_d=20-10`
`Q_d=10`
∴ मूल्य रू 20 हुँदा माग परिमाण 10 एकाई हुन्छ ।

समूह 'ख' को उत्तर
७- उत्तरः- अर्थशास्त्रको कल्याण सम्बन्धि परिभाषा अर्थशास्त्री अल्फ्रेड मार्शलले दिएका हुन् । यस कल्याण सम्बन्धि परिभाषाको विशेषता निम्न अनुसार छन् ।

क) मानव अध्ययनको प्रमुखताः- 
अर्थशास्त्रको कल्याण सम्बन्धि परिभाषाले मानवको अध्ययनलाई प्रमुखाता दिएको पाइन्छ । धन लगाएतकाअन्य साधनहरु मानवीय कल्याणका साधनमात्र हुन । तीनले मानवीय आवश्यकता मात्र पुरा गर्ने भएकाले मानवको तुलनामा ती साधन गौण हुने हुँदा मानवको अध्ययनले श्रेष्टता पाउँने कुरामा यस परिभाषाले जोड दिन्छ ।

ख) सामान्य मानिसको अध्ययनः-
कल्याण सम्वन्धि परिभाषा अनुसार अर्थशास्त्रले सामान्य व्यक्तिगत व्यवहारसंग सम्बन्धित अध्ययन गर्दछ । यसले भौतिक कल्याण अधिकतम् गर्ने मानवीय आचरण भएका मानिसको क्रियाकलापको अध्यन गर्दछ । आध्यात्मिक आचरणअनुसारको व्यबहार गर्ने, मानवीय सुख सुविधा त्यागी तपस्या गर्ने जोगी, सन्त जस्ता व्यक्तिको व्यवहारको अध्ययन गर्दैन ।

ग) भौतिक कल्याणको अध्ययनः-
कल्याण सम्बन्धि अर्थशास्त्रको परिभाषाले मानवीय हीत अर्थात भलाई भौतिक बस्तुवाट प्राप्त गर्न सकिन्छ भन्नेकुरामा जोड दिन्छ । त्यसैले अर्थशास्त्रले भौतिक कल्याणको अध्ययन गर्दछ । अभौतिक कल्याणका विषय दया, माया, प्रेम, सद्भाव जस्ता तत्त्वहरुको विषयमा अर्थशास्त्रको कल्याण सम्बन्धि परिभाषा मौन छ ।

घ) सामाजिक विज्ञानः-
कल्याण सम्बन्धि अर्थशास्त्रको परिभाषा अनुसार अर्थशास्त्र सामाजिक विज्ञान हो । सामजिक विज्ञान भएकोले यसले सामाजिक मानवका आर्थिक क्रियाकलापको अध्ययन गर्दछ । गैर सामाजिक मानवका क्रियाकलाप अर्थशास्त्रको अध्ययन क्षेत्र अन्तर्गत पर्दैनन् ।

ङ) आदर्श विज्ञानः-
कल्याण सम्बन्धि परिभाषा अनुसार अर्थशास्त्रले सामाजिक आर्थिक क्रियाकलापको माध्यमवाट मानिसले कसरी भौतिक कल्याण प्राप्त गर्दछ भन्नेकुराको अध्ययन गर्दछ । यसका साथै भौतिक कल्याण कसरी अभिवृद्धि गर्न सकिन्छ, के गर्नु पयुक्त हुन्छ, के गर्नु हुदैन भन्ने जस्ताकुराको अध्ययन गर्ने हुँदा यो एउटा आदर्श विज्ञान हो ।


८- उत्तरः- मागलाई प्रभावपार्ने मूल्य बाहेकका अन्य तत्त्वहरु यथावत रहँदा बस्तु तथा सेवाको मूल्यमा हुने परिवर्तनले माग परिमाणमा नकारात्मक प्रभाव पर्दछ । अर्थात मूल्य बढ्दा माग परिमाण घट्छ भने मूल्य घट्दा माग परिमाणमा बृध्दि हुन्छ । यस्तो परिवर्तनले मूल्य र माग परिमाण बिचको संयोग विन्दुलाई माग बक्रमा तल वा माथि सार्दछ । यसरी मूल्य र माग परिमाण बिचको संयोग विन्दु उही माग बक्रमा तल वा माथि सर्ने प्रक्रियालाई माग बक्रमा विचलन भनिन्छ । मूल्यमा बृद्धि भै माग परिमाण घटेमा मागमा संकुचन र मूल्यमा कमि भै माग परिमाण बढेमा मागमा विस्तार भनिन्छ । मागमा विचलनको प्रक्रियालाई तलको रेखा चित्रको माध्यमबाट अझ स्पष्ट पार्न सकिन्छ ।

माथिको रेखाचित्रमा सुरुको प्रति एकाई मूल्य रू OP2 हुँदा माग परिमाण २ एकाई रहेको छ जसलाई मूल्य र माग परिमाणको संयोग विन्दु A ले देखाइएको छ । मूल्यमा वृद्धि भै OP3 हुँदा माग परिमाणमा संकुचन भै २ बाट घटेर १ एकाई हुन्छ र यसले मूल्य र माग परिमाणको संयोग विन्दुलाई A बाट विन्दु B मा सराउँदछ । यसैगरी यदि मूल्यमा कमि हुनगई मूल्य OP2 बाट घटेर OP1 भएमा मागमा विस्तार भै माग परिमाण २ बाट बढेर ३ एकाई हुन्छ । यसले मूल्य र माग परिमाण बिचको संयोग विन्दुलाई  A बाट C मा सार्दछ । यसरी माथिको रेखाचित्रमा देखाएजस्तो केवल मूल्यमा मात्र परिवर्तनका कारणले उही मागबक्रमा मूल्य र मागपरिमाण बिचको संयोगविन्दु तल वा माथि सर्ने गर्दछ । यो प्रक्रिया नै मागमा विचलन हो ।

९- उत्तरः- कुनै बस्तु तथा सेवाको पूर्ति परिमाण कति हुन्छ भन्ने कुरा पूर्तिका निर्धारक तत्त्वहरुमा निर्भर गर्दछ । ती पूर्तिका निर्धारक तत्त्वहरुलाई निम्न अनुसार ब्याख्या गर्न सकिन्छ ।

क) बस्तुको मूल्यः- बस्तुको मूल्य पूर्तिको एउटा महत्त्वपूर्ण निर्धारक तत्त्व हो । जब बस्तुको मूल्यमा बृद्धिहुन्छ, उत्पादकहरु बढी नाफा आर्जन गर्ने होडमा उत्पादन परिमाणमा बृद्धि गरि पूर्ति परिमाण बढाउछन् । यसको विपरित मूल्यमा कमि हुँदा उत्पादनमा कटौती गरी पूर्तिमा कमि गर्दछन् । यसवाट पूर्ति परिमाण प्रभावित हुन्छ । 

ख) उत्पादनका साधनको मूल्यः- उत्पादनका साधनको मूल्यले पनि पूर्ति परिमाणलाई प्रभावित गर्दछ । बजारमा साधनको मूल्यमा बृद्धि हुँदा बस्तुको उत्पादन लागतमा बृद्धि हुनगई पूर्ति परिमाणमा कमि हुन्छ । यदि साधनको मूल्यमा कमि भएमा उत्पादन लागतमा कटौती हुन्छ र परिणामस्वरुप उत्पादन बढ्नगई पूर्ति परिणाममा समेत बढोत्तरी हुनजान्छ । यसरी सधनको मूल्यले पूर्तिलाई निर्धारण गर्दछ ।

ग) फर्महरुको संख्याः- पूर्तिको अर्को निर्धारक तत्त्व फर्महरुको संख्या पनि हो । बजारमा नयाँ फर्महरुको प्रवेश भै फर्मको संख्यामा बृद्धि भएमा सम्बन्धित बस्तुको उत्पादन बढ्नगई पूर्तिमा बृद्धि हुन्छ । यसको विपरित केही फर्महरुले बजार छोडेमा सम्बन्धित बस्तुको समग्र उत्पादनमा कमि आउँछ र फलस्वरुप पूर्तिमा कटौती हुनजान्छ । यसरी फर्मको संख्याले पूर्ति परिमाणलाई प्रभावित गर्दछ ।

घ) प्रविधिमा परिवर्तनः- प्रविधिमा भएको परिवर्तनले पनि पूर्ति परिमाण निर्धारण हुन्छ । जब प्रविधिमा विकास हुन्छ, उक्त नयाँ प्रविधिले उत्पादन लागतमा कमि हुनुका साथै उत्पादनमा तिब्रता ल्याउँछ । यसले उत्पादनमा बढोत्तरी हुन गई पूर्ति परिमाण बढ्न जान्छ । तर परम्परागत प्रविधिको नै प्रयोग गरिरहँदा उत्पादन बढाउन लागत बढ्ने हुँदा पूर्ति परिमाण स्थिर रहने वा पूर्तिमा कमि हुने गर्दछ ।

ङ) सरकारी नीतिः- पूर्तिको अर्को निर्धारक तत्त्व सरकारी नीति पनि हो । समयाकुल फर्मका लागि लाभदायक सरकारी नीति निर्माण र कार्यान्वयन भएमा उद्यमीहरु उत्साहित हुन्छन् । उनीहरु लगानीमा बृद्धि गर्दै उत्पादन बढाउन थाल्दछन् र परिणामस्वरुप पूर्तिमा बृद्धि हुदै जान्छ । तर यसको विपरित फर्मको अनुकुल विहीन सरकारी नीति निर्माण भै कार्यान्वयनमा आएमा उद्यमीहरु निरुत्सहित हुन्छन् । परिणाम स्वरुप उत्पादनमा समेत कमि हुन गई पूर्तिमा कमि आउँछ ।

१०- उत्तरः- सरलरेखीय र बक्ररेखीय मागबक्र बीच निम्न अनुरसार फरक देखाउन सकिन्छ ।

सरलरेखीय मागबक्र

बक्ररेखीय मागबक्र

-सरलरेखीय मागबक्र हुन्छ ।

-मागबक्रको झुकाब समान हुन्छ ।

-मूल्य र माग परिमाणमा समान अनुपातमा परिवर्तन हुन्छ ।

-सरलरेखीय माग फलन यस प्रकार हुन्छ ।

 `Q_d=a-bP_x`

-बक्ररेखीय मागबक्र हुन्छ ।

- मागबक्रको झुकाब भिन्न हुन्छ ।

-मूल्य र माग परिमाणमा भिन्न अनुपातमा परिवर्तन हुन्छ ।

-बक्ररेखीय मागफलन यसप्रकारको हुन्छ ।

 `Q_d=a(P_x)^-b`


समूह 'ग' को उत्तर
११- उत्तरः- अर्थशास्त्री एडम स्मिथले सन् १७७६ मा 'राष्ट्रहरुको धनको स्वरुप तथा कारणहरुको खोज' (An enquiry into the nature and causes of wealth of nations) नामक पुस्तक प्रकाशन गरी अर्थशास्त्रलाई धनको विज्ञानको रुपमा परिभाषित गरे पश्चात अर्थशास्त्रलाई धन आर्जन सम्बन्धि क्रियाकलापको अध्ययनको रुपमा लिन थलियो । परिणाम स्वरुप धन आर्जन गर्नु मानिसको आर्थिक प्रयत्नको प्रारम्भिक अन्तिम लक्ष हो भन्ने विश्वास आम मानिसको मानस पटलमा विकशित भयो । मानिसले आफ्ना हरेक क्रियाकलाप धन आर्जनमा मात्र केन्द्रित गर्न थाले । समाजले मानवीय मूल्य, आदर्श, दया, प्रेम जस्ता भावना विर्सिदै गयो । यसले समाजमा अन्योल र असहज परिस्थिति सिर्जना गर‌्यो । तसर्थ अर्थशास्त्रको धन सम्बन्धि परिभाषाको व्यापक आलोचना हुन पुग्यो । धर्थशास्त्रको धन सम्बन्धि परिभाषाको आलोचना तल दिए अनुसार व्याख्या गर्न सकिन्छ ।

क) धनलाई अनावश्यक महत्त्वः- अर्थशास्त्रको धन सम्वन्धि परिभाषाले धनलाई अनावश्यक महत्त्व दिएको पाइन्छ । यस परिभाषाले धन र धन कमाउने कार्यलाई प्रमुख स्थानमा राखि मानिसलाई दोस्रो स्थानमा राखेको पाइन्छ । धन केवल मानवीय आवश्यकता पुरा गर्ने साधन मात्र हो र यो मानिसकालागि हुन्छ न कि मानिस यसका लागि । त्यसैले धनको तुलनामा मानिसको अध्ययनले प्रमुखता पाउनु पर्ने कुरामा आलोचकहरुले जोड दिएको पाइन्छ ।

ख) आर्थिक मानव सम्बन्धि अवास्तविक धारणाः- धन सम्वन्धि यस पारिभाले निजि स्वर्थकालागि धन आर्जन कार्यसंग संलग्न आर्थिक मानवको अध्ययन गर्ने कुरामा जोड दिन्छ जवकि समाजमा निजि स्वार्थ बाट मात्र प्रेरित मानिस न भै सामाजिक स्वर्थले अभिप्रेरित मानव समेत रहने हुँदा यो परिभाषा अपूर्ण छ भन्ने मान्यता आलोचकहरुको रहेको पाईन्छ ।

ग) संकुचित परिभाषाः- धन सम्वन्धि यो परिभाषालाई आलोचकहरुले संकुचित परिभाषा मान्दछन् किन भने यस परिभाषाले भौतिक बस्तुलाई मात्र धनको रुपमा परिभाषित गरेको पाइन्छ । मानविय आवश्यकता सन्तुष्ट गर्न मदत गर्ने अभौतिक बस्तुको अध्ययन यो परिभाषाले गर्दैन ।

घ) आर्थिक कल्याणको बेवास्ताः- अर्थशास्त्रको यस धन सम्वन्धि परिभाषाले आर्थिक कल्याणको बेवास्ता गरेको पाइन्छ । आलोचकका अनुसार अर्थशास्त्रको अध्ययन र यसको उद्देश्य मानिसको आर्थिक कल्याणको अभिवृद्धि गर्नु हो तर यस परिभाषाले आर्थिक कल्यणको पूर्णरुपमा बेवास्ता गरेको छ ।

ङ) अर्थशास्त्रको संकुचित विषयबस्तुः- यस परिभाषा अनुसार अर्थशास्त्रले धनको मात्र अध्ययन गर्ने भएकाले अर्थशास्त्रको अध्ययनको विषयबस्तुलाई संकुचित पारिदिएको छ । यसले मानिस तथा समाजले सामना गर्नुपर्ने धन संग असम्वन्धित विषय जस्तै रोग, महामारी, प्राकृतिक विपत्ती जस्ता विषयलाई अध्ययन नगर्ने भएकोले अर्थशास्त्रको अध्ययनको विषयबस्तु संकुचित हुन पुगेको छ ।


१२ - उत्तरः- मागलाई प्रभावपार्ने तत्त्वहरुमा मूल्य बाहेकका अन्य तत्त्वहरु यथावत रहेको अवस्थामा मूल्यमा आउने परिवर्तनले मागमा बिपरित परिवर्तन ल्याउँछ । अर्थात वस्तु वा सेवाको मूल्य बढ्दा माग परिमाण घट्छ भने मूल्य घट्दा माग परिमाण बढ्छ । मूल्य र माग परिमाण बिचको यस्तो ऋणात्मक वा विपरित सम्वन्धको ब्याख्या गर्ने अर्थशास्त्रको नियमलाई नै मागको नियम भनिन्छ ।

मागको यस्तो नियमलाई तल दिए अनुसारको माग अनुसूची र रेखा चित्रको माध्यमबाट अझ स्पस्ट पार्न सकिन्छ ।

माग अनुसूची

 बस्तुको मूल्य (प्रति एकाई)

 माग परिमाण

१०

२०

३०

१५ 

१०


माथिको माग अनुसूचीमा बस्तुको प्रति एकाई मूल्य सून्य बाट बढ्दै क्रमशः १०, २० र ३० हुँदा माग परिमाण १५ एकाई बाट क्रमशः १०, ५ र सून्य हुदै घट्दै गएको छ । यहाँ मूल्य र माग परिमाण बिच विपरित सम्बन्ध स्थापित हुन गएको छ । यहि मूल्य र माग परिमाण बिच हुने विपरित सम्बन्ध नै मागको नियम हो । 

यस मूल्य र माग परिमाण बिचको विपरित सम्बन्धलाई निम्न अनुसारको रेखाचित्रको माध्यमबाट स्पष्ट पार्न सकिन्छ ।

माथिको रेखाचित्रमा क्रमशः Y-अक्षमा बस्तुको मूल्य र X-अक्षमा माग परिमाण देखाइएको छ । मूल्य सून्य हुँदा माग परिमाण १५ एकाई छ जसलाई बिन्दु A ले देखाइएको छ । बस्तुको मूल्य क्रमशः बढ्दै १०, २० र ३० हुँदा माग परिमाण घट्न गई क्रमशः १०, ५ र ० भएको देखिन्छ । यी मूल्य र माग परिमाण बिचको सम्बन्धलाई बिन्दु A, B, C र D ले देखाइएको छ । यि बिन्दुहरुलाई एक आपसमा जोड्दा माथि बायाँ बाट तल दायाँ तिर ढल्केको ऋणात्मक ढल्काइको माग बक्र निर्माण हुन गएको छ । यस बक्रले समेत मूल्य र माग परिमाण बिच बिपरित सम्बन्ध हुने कुरालाई प्रष्ट्याउँछ । यसरी मागको नियमले मूल्य र माग परिमाण बिचको विपरित सम्बन्धको ब्याख्या गर्दछ ।

Ads