अर्थशास्त्रको आधारभूत अवधारणा (अति छोटो प्रश्नोत्तर, कक्षा-१२)
१. अर्थशास्त्रमा दुर्लभता भन्नाले के बुझ्नुहुन्छ? (What do you mean by scarcity in economics?)
उत्तरः अर्थशास्त्रमा दुर्लभता भनेको त्यस्तो अवस्था हो जसमा इच्छा र आवश्यकताहरू उपलब्ध संसाधनहरू भन्दा बढि हुन्छन्। अर्थात कुनै बस्तुको आपूर्ति त्यसको मागभन्दा कम छ भने त्यस्ती बस्तुलाई दुर्लभ वस्तु भनिन्छ। बस्तु वा सेवा दुर्लभ हुने अवस्था नै दुर्लभता हो।
२. हामीले किन छनोट गर्नुपर्छ ? (Why should we make a choice?)
उत्तरः मानवीय आवश्यकताहरू असीमित छन् भने ती आवश्यकताहरूलाई पूरा गर्नका लागि उपलब्ध साधनहरू सीमित वा दुर्लभ छन्। साधनको सीमितताका कारण हरेक व्यक्तिका सम्पूर्ण आवश्यकताहरू पूरा हुन सक्दैनन्। तसर्थ धेरै आवश्यकता मध्येबाट केही आवश्यकताको/वस्तुको मात्र सन्तुष्टि गर्न सम्भव हुने हुँदा हामिले छनौट गर्नुपर्छ।
३. अवसर लागतको परिभाषा दिनुहोस। (Define Opportunity Cost.)
उत्तरः कुनै एक निश्चित बस्तुको उत्पादन गर्दा अन्य धुपै विकल्पहरुको परित्याग गरिएको छ भने परित्याग गरिएका विकल्पहरू मध्येका उत्कृष्ट विकल्पको मूल्य अवसर लागत हो। त्यसैले अवसर लागतलाई परित्याग गरिएका विकल्पहरूमध्येको उत्कृष्ट विकल्पको रूपमा परिभाषित गर्न सकिन्छ ।
४. उत्पादन सम्भाव्यता बक भनेको के हो? (What is Production Possibility Curve?)
उत्तरः उत्पादन सम्भाव्यता बक्र उपलब्ध साधनस्रोत र प्रविधिको पूर्ण प्रयोगबाट एक निश्चित समयावधिमा अर्थतन्त्रमा उत्पादन गर्न सकिने कुनै दुई वस्तु तथा सेवाहरूको विभिन्न उत्पादन परिमाणका संयोगविन्दुहरुको विन्दुपथ हो।
५. उत्पादन सम्भाव्यता वक्र स्थानान्तरण हुनुको कारणहरू के के हुन्? (What are the causes of Shift in PPC?)
उत्तरः उत्पादन सम्भाव्यता बक्र स्थानान्तरणका कारणहरुः
क) साधनस्रोतहरूको आपूर्तिमा परिवर्तन,
ख) प्रविधिको अवस्थामा परिवर्तन,
६. अर्थव्यवस्थाका केन्द्रीय समस्याहरू के हुन्? (What are the central problems of an economy?)
उत्तरः एउटा अर्थतन्त्रमा निम्नलिखित केन्द्रीय समस्याहरू रहेका हुन्छन्
क) साधनहरूको बाँडफाँडको समस्या
यस अन्तर्गत निम्न समस्या रहेका हुन्छन्।
(अ) के उत्पादन गर्ने?
(आ) कसरी उत्पादन गर्ने?
(इ) कसका लागि उत्पादन गर्ने ?
ख) साधनहरूको पूर्ण रोजगारी कसरी प्राप्त गर्ने
ग) साधनहरूको वृद्धिको अवस्था कसरी प्राप्त गर्ने
७. श्रम विभाजनलाई परिभाषित गर्नुहोस्। (Define division of Labour.)
उत्तरः उत्पादन प्रक्रियालाई विभिन्न भागमा विभाजन गरी प्रत्येक भाग एक व्यक्ति वा श्रमिकहरूको समूहलाई उनीहरू योग्यता, क्षमता, ज्ञान, अनुभव आदिको आधारमा जिम्मा दिइन्छ भने त्यसलाई श्रम विभाजन भनिनछ ।
८. श्रम विभाजनका प्रकार के के हुन्? (What are the types of division of labour?)
उत्तरः श्रम विभाजनका प्रकार निम्न अनुसारका छन्।
क) सरल श्रम विभाजन
ख) जटिल धम विभाजन
ग) प्रादेशिक वा भौगोलिक श्रम विभाजन
९. श्रम विभाजनका फाइदाहरू के के छन् (What are the advantages of division of labour?)
उत्तरः श्रम विभाजनका फाइदाहरू यस प्रकार छन्।
क) ठीक व्यक्ति ठीक ठाउँमा
ख) ठूलो परिमाणको उत्पादन
ग) सिपमा सुधार
घ) कम प्रशिक्षण
ङ) आविष्कार
च) समयको बचत
छ) औजारहरूको बचत
ज) सस्ती सामान
१०. श्रम विभाजनका बेफाइदाहरू के के छन् (What are the disadvantages of division of labour?)
उत्तरः श्रम विभाजनका बेफाइदाहरू निम्न अनुसारका छन्।
क) निरसता
ख) सिपमा कमी
ग) बेरोजगारीको जोखिम
घ) उत्तरदायित्वको अभाव
ङ) औद्योगिक प्रणानीका दोषहरू
च) अति उत्पादनको सम्भावना
छ) परनिर्भरता आदि
११. आर्थिक प्रणाली भन्नाले के बुझ्नुहुन्छ? (What is an economic system?)
उत्तरः आर्थिक प्रणामी वा अर्थतन्व आधारभूत आर्थिक समस्याहरूको समाधान खोज्ने बाटो हो जुन बस्तु तथा सेवाहरूको उपभोग, उत्पादन, विनिमय र वितरणसँग सम्बन्धित हुन्छ। यो एउटा यस्ती प्रणाली हो जसले उत्पादन तथा रोजगारीका सम्पूर्ण स्रोत र साधनहरूलाई समेटेको हुन्छ ।
१२. अर्थव्यवस्थाका प्रकारहरू के के हुन्। (What are the types of economy?)
उत्तरः अर्थव्यवस्थाका प्रकारहरू निम्न अनुसारका छन् ।
क) पूँजीवादी अर्थव्यवस्था
ख) समाजवादी अर्थव्यवस्था
ग) मिश्रित अर्थव्यवस्था
१३. पूँजीवादी अर्थव्यवस्थालाई परिभाषित गर्नुहोस्। (Define capitalist economy.)
उत्तरः बजार संयन्त्रद्वारा स्वःनियन्त्रित, उत्पादन र वितरणमा सलग्न आर्थिक संस्थाहरू निजी व्यक्तिहरूको स्वामित्व र अधिनमा रहेको अर्थतन्त्रलाई पूंजीवादी अर्थतन्त्र भनिन्छ । यसलाई स्वतन्त्र बजार अर्थव्यवस्था पनि भनिन्छ।
१४. पूँजीवादी वर्धव्यवस्थाका विशेषताहरूको सूची बनाउनुहोस् । (List out the features of capitalist economy.)
उत्तरः पूँजीवादी वर्धव्यवस्थाका विशेषताहरूः
क) निजी सम्पत्ति
ख) उद्यम र छनौटको स्वतन्त्तता
ग) प्रतिस्पर्धा
घ) उपभोक्ताको सार्वभौमिकता
ङ) स्वनियन्त्रित
च) सरकारी हस्तक्षेप रहित
छ) बजार संयन्त्र
ज) नाफाको उद्देश्य
१५. समाजवादी अर्थव्यवस्थालाई परिभाषित गर्नुहोस्। (Define Socialist economy.)
उत्तरः समाजवादी अर्थव्यवस्था एक नियन्त्रित अर्थव्यवस्था हो जसमा उत्पादन र वितरणमा संलग्न आर्थिक संस्थाहरू राज्यको स्वामित्व र अधिनमा रहेका हुन्छन्। यस अर्थव्यवस्थामा सम्पूर्ण उत्पादनका साधनहरू समाजको हितका लागि सरकारले आफ्नो स्वामित्व र अधिनमा लिएको हुन्छ।
१६. समाजवादी अर्थतन्त्रका विशेषताहरू के के छन् ? (What are the features of Socialist economy?)
उत्तरः समाजवादी अर्थतन्त्रका विशेषताहरू यस प्रकारका छन्।
क) स्रोत र साधनमा राज्यको स्वामित्व
ख) समाजिकहितको उद्देश्य
ग) केन्द्रीय योजना
घ) असमानतामा कमी
ङ) वर्ग सघर्ष विहिन
१७. मिश्रित अर्थतन्त्र को परिभाषा दिनुहोस् । (Define mised economy.)
उत्तरः उत्पादन र वितरणमा संलग्न आर्थिक संस्थाहरू राज्य र निजी व्यक्तिहरू दुबैको स्वामित्व र अधिनमा रहने व्यवस्था भएको अर्थतन्त्रलाई मिश्रित अर्थतन्त्र भनिन्छ। अर्थतन्त्रमा पूंजीवादी र समाजवादी दुबै अर्थतन्त्रहरूका उत्कृष्ट विशेषताहरू संयोजन गरिएका हुन्छन्। अर्थात मिश्रित अर्थतन्त्रमा सार्वजनिक र निजी दुवै क्षेत्रहरूको सह-अस्तित्व रहेको हुन्छ ।
१८. मिश्चित अर्थतन्त्रका विशेषताहरू के के छन् (Mention the features of mixed economy.)
उत्तरः मिश्चित अर्थतन्त्रका विशेषताहरू यस प्रकार रहेका छन्।
क) साधनस्रोत सरकार र निजीक्षेत्रको स्वामित्वमा
ख) सार्वजनिक र निजी क्षेत्रहरूको सहअस्तित्व
ग) व्यक्तिगत स्वतन्त्रता
घ) आर्थिक योजना
ङ) मूल्य संयन्त्र
0 Comments
Post a Comment
Hi, I hope you're mentally fit & you'll never enter any spam link in the comment box.