मागको लोच (Elasticity of Demand)

प्रश्न नं. १- मागको मूल्य लोच भनेको के हो? यसका प्रकारहरु लेख्नुहोस् । (What is elasticity of demand? Write down its types.)


उत्तरः- बस्तुको मूल्यमा परिवर्तन हुँदा मागपरिमाणमा परिवर्तन हुन्छ भन्ने कुराको ब्याख्या मागको नियमले गर्दछ । तर मागको नियमले मूल्यमा कुन अनुपातमा परिवर्तन हुँदा माग परिमाणमा कुन दरले परिवर्तन हुन्छ भन्नेकुराको ब्याख्या गर्दैन । तसर्थ कुन अनुपातमा बस्तुको मूल्यमा परिवर्तन हुँदा माग परिमाणमा कुन दरले परिवर्तन हुन्छ भन्नेकुरा देखाउने मापन (Measurement) नै मागको लोच हो । अर्थात बस्तुको मूल्यमा एक प्रतिशतले परिवर्तन हुँदा माग परिमाणमा हुने परिवर्तनको दरलाई नै मागको लोच भनिन्छ । मागको लोचलाई मूल्यमा भएको प्रतिशत परिवर्तनका कारणले माग परिमाणमा हुन जाने प्रतिशत परिवर्तन बीचको आनुपातिक दरको रूपमा समेत लिन सकिन्छ ।

मागको लोचलाई निम्न अनुसार गणना गर्न सकिन्छ 
`\e_p\=` माग परिमाणमा भएको % परिवर्तन / मूल्यमा भएको % परिवर्तन

माग परिमाणमा भएको % परिवर्तन  `=\frac{Q_2-Q_1}{Q_1}×100`
मूल्यमा भएको % परिवर्तन               `=\frac{P_2-P_1}{P_1}×100`

मागमा भएको प्रतिशत (%) परिवर्तनलाई मूल्यमा भएको प्रतिशत (%) परिवर्तनले भाग गर्दा,

`e_p=\frac{\frac{Q_2-Q_1}{Q_1}×100}{\frac{P_2-P_1}{P_1}×100} `

`e_p=\frac{\frac{△Q}{Q_1}}{\frac{△P}{P_1}}`

`e_p=\frac{△Q}{Q_1}÷\frac{△P}{P_1}`

`e_p=\frac{△Q}{Q_1}×\frac{P_1}{△P}`

`e_p=\frac{△Q}{△P}×\frac{P_1}{Q_1}`

यहाँ;
 `Q_1=`    सुरुको माग परिमाण,    
 `Q_2=`    नयाँ माग परिमाण,
 `P_1=`    सुरुको मूल्य,
 `P_2=`    नयाँ मूल्य,
`△Q=`    माग परिमाणमा भएको परिवर्तन,
`△P=`    मूल्यमा भएको परिवर्तन,
 `e_p=`    मागको लोच,

माको मूल्यलोचका प्रकारहरु
मागको मूल्यलोचलाई पाँच भागमा विभाजन रिएको छ जुन यस प्रकार छन्।
१- पूर्ण लोरदार माग (Perfectly Elastic Demand)
२- सापेक्ष लोचदर माग (Relatively Elastic Demand)
३- सापेक्ष वेलोचदार माग (Relatively Inelastic Demand)
४- एकाई बराबर लोचदार माग (Unitary Elastic Demand)
५- पूर्ण वेलोचदार माग (Perfectly Inelastic Demand)

१- पूर्ण लोरदार माग `(e_p=∞)`
बस्तु वा सेवाको मूल्यमा भएको नगन्य परिवर्तन वा अतिसूक्ष्म वा नदेखिने परिवर्तनका कारणले माग परिणाममा व्यापक वा अनन्त सम्म परिवर्तन हुन्छ भने त्यस अवस्थामा मागको लोच पूर्ण लोचदार हुन्छ । व्यवहारिक जीवनमा यस प्रकारको वस्तु विरलै पाइने हुँदा मागको मूल्यलोचको यो प्रकारको केवल सैध्दान्तिक महत्त्व मात्र छ । व्यवहारिक परुपमा यसको प्रयोग भएको पाइदैन ।
पूर्णलोरदार माग तलको रेखाचित्रको माध्यमबाट अझ स्पष्ट पार्न सकिन्छ ।

माथिको रेखाचित्रमा X-अक्षमा बस्तुको मूल्य र Y-अक्षमा माग परिमाण नापिएका छन्। रेखाचित्रमा बस्तुको मूल्य 0P हुदाँ माग परिमाण 0Q1 छ । मानौ बस्तुको मूल्यमा नगण्य मात्रामा कमि हुँदा माग परिमाणमा बृध्दि हुन गै 0Q1 बाट 0Q2 हुन जान्छ । यसले माग बक्रलाई X-अक्षसंग समानान्तर बनाउदछ । जस्तो कि, माथिको रेखाचित्रमा PD मागबक्र रहेको छ । यसबाट के स्पष्ट हुन्छ भने मूल्यमा भएको नदेखिने अतिसूक्ष्म परिवर्तनले पनि माग परिमाणमा ब्यापक परिवर्तन ल्याएको छ । यस्तो अबस्थाको मागको लोच नै पूर्ण लोचदार माग हुनजान्छ ।

२- सापेक्ष लोचदर माग `(e_p>1)`
यदि कुनै बस्तुको मूल्यमा भएको प्रतिशत (%) परिवर्तन भन्दा माग परिमाणमा हुने प्रतिशत परिवर्तन बढी छ भने त्यस्तो परिस्थिमा मागको लोच सपेक्ष लोचदार वा एकाई भन्दा बढी लोचदार हुन जान्छ । उदाहरणका लागि मानौ कुनै बस्तुको मूल्य १०% ले घट्दा माग परिमाण १०% भन्दा बढीले बृध्दि हुन्छ भने मागको लोच सापेक्ष लोचदार हुन जान्छ ।

सापेक्ष मागको लोच तलको रेखाचित्रको माध्यमबाट अझ स्पष्ट पार्न सकिन्छ ।
माथिको रेखाचित्रमा बस्तुको मूल्य 0P2 हुँदा माग परिमाण 0Q1 रहेको देखाइएको छ । मूल्यमा १०% ले कमी भै मूल्य 0P1 हुँदा माग परिणाममा २०% ले बृध्दि हुनगै  माग परिमाण 0Q2 हुन गएको छ । यसरी मूल्यमा भएको प्रतिशत परिवर्तन भन्दा माग परिमाणमा हुने प्रतिशत परिवर्तन बढी हुँदा मागको लोच सापेक्ष लोचदार वा एकाइभन्दा बढी हुन्छ ।

३- सापेक्ष वेलोचदार माग `(e_p<1)`
यदि बस्तुको मूल्यमा भएको प्रतिशत (%) परिवर्तन भन्दा माग परिमाणमा हुने प्रतिशत परिवर्तन कम भए मागको लोच सापेक्ष वेलोचदार हुन्छ । अर्थात उदाहरणका लागि, मानौ बस्तुको मूल्य १०% ले घट्दा माग परिमाण १०% भन्दा कमले बृध्दि भयो भने मागको लोच सापेक्ष वेलोचदार वा एकाई भन्दा कम हुन्छ । यसलाई तलको रेखा चित्रबाट स्पष्ट पार्न सकिन्छ ।
माथिको रेखाचित्रमा बस्तुको मूल्य 0P2 बाट १०% ले घटेर 0P1 हुँदा माग परिमाणमा 0Q1 बाट केवल ५% ले बृध्दि हुन गै 0Q2 हुन गएको छ । यहाँ मूल्यमा भएको प्रतिशत परिवर्तन भन्दा माग परिमाणमा भएको प्रतिशत परिवर्तन कम छ । यस्तो अबस्थामा मागको लोच सापेक्ष वेलोचदार वा एकाई भन्दा कम हुन जान्छ ।

४- एकाई बराबर लोचदार माग `(e_p=1)`
यदि कुनै बस्तु वा सेवाको मूल्यमा भएको प्रतिशत (%) परिवर्तन र  त्यसका कारणले माग परिणमा हुनजाने प्रतिशत परिवर्तन बराबर भए मागको लोच एकाई बराबर हुन्छ । अर्थात बस्तुको मूल्यमा हुने प्रतिशत परिवर्तन र माग परिमाणमा हुने प्रतिशत परिवर्तन एक अर्कासंग बराबर भए मागको लोच एकाई बराबर हुन्छ । मानौ यदि मूल्य १०% घट्दा माग परिमाण पनि १०% ले नै बढ्छ भने माग एकाई बराबर लोचदार हुन्छ ।
यसलाई निम्न अनुसारको रेखाचित्रको माध्यमबाट पनि स्पष्ट पार्न सकिन्छ ।
माथिको रेखाचित्रमा  बस्तुको मूल्य  0P2 बाट १०% प्रतिशतले घटेर 0P1 हुँदा माग परिमाण  पनि १०% प्रतिशतले नै बृध्दि भई 0Q1 बाट 0Q2 हुनजान्छ । यहाँ मूल्यमा भएको प्रतिशत परिवर्तन र माग परिमाणमा भएको प्रतिशत परिवर्तन एक अर्कासंग बराबर छन् । यसरी मूल्य र माग परिमाणमा हुने प्रतिशत परिवर्तन बराबर भए मागको लोच एकाई बराबर हुन्छ ।

५- पूर्ण वेलोचदार माग `(e_p=0)`
यदि कुनै बस्तु वा सेवाको मूल्यमा भएको परिवर्तनले त्यस बस्तुको मागमा कुनै प्रबाव पार्दैन भने मागको लोच सून्य वा पूर्ण वेलोचदार हुन जान्छ । अर्को शब्दमा भन्नु पर्दा, यदि बस्तुको मूल्यमा जति सुकै परिवर्तन भएतापनि माग परिमाणमा कुनै परिवर्तन हुदैन भने मागको लोच पुर्ण वेलोचदार हुन्छ । यसलाई तलको रेखाचित्रको माध्यमबाट अझ स्पष्ट पेरिएको छ ।
माथिको रेखाचित्रमा बस्तुको मूल्य 0P1 हुँदा माग परिमाण 0Q1 बराबर छ । मूल्यमा बृध्दि हुन गई 0P2 हुँदा माग परिमाणमा कुनै परिवर्तन नभै 0Q1 बराबर नै रहन गएको छ र DQ1 माग बक्र Y-अक्ष संग समानान्तर हुन गएको छ । यसबाट के स्पष्ट हुन्छ भने मूल्यमा भएको परिवर्तनले बस्तुको मागमा परिवर्तन नगरेको अवस्थामा माग बक्र 
Y-अक्ष संग समानान्तर भई सून्य वा पूर्ण वेलोचदार हुन्छ ।

प्रश्न नं. २ - कुल खर्च विधिबाट मागको मूल्यलोच कसरी मापन गरिन्छ ? (How is price elasticity of demand measured by total outlay method ?)
 
उत्तरः- मागको मूल्यलोचको मापन गर्ने विभिन्न बिधि मध्यको एउटा विधि कुल खर्च विधि हो । यस विधि अनुसार मागको मूल्यलोच मापन गर्दा  उपभोक्ताले बिभिन्न मूल्यमा बस्तुको खरिद गर्दा गरेको कुल खर्चलाई आधार मानिन्छ । बस्तुको मूल्य परिवर्तन हुनु अघि बस्तु वा सेवामा उपभोक्ताले गरेको कुल खर्च र मूल्य परिवर्तन पश्चात उक्त वस्तुको खरिदमा गरिएको कुल खर्चको तुलना द्वारा मागको मूल्य लोचको मापन गरिने हुनाले नै यसलाई मू्ल्यलोच मापनको खर्च विधि भनिएको हो । यस विधि अन्तर्गत निम्नानुसारको तीन प्रकारको लोचको मापन गरिन्छ ।

१- एकाई भन्दा बढी लोच (Elasticity more than unity or one)
२- एकाई बराबर लोच (Elasticity equal to unity or one)
३- एकाई भन्दा कम लोच (Elasticity less than unity or one)

१- एकाई भन्दा बढी लोच (Elasticity more than unity or one)
यदि बस्तु वा सेवाको मूल्य र उपभोक्ताको कुल खर्च विपरित रूपमा परिवर्तित हुन्छन भने मागको मूल्यलोच एकाई भन्दा बढी `(e_p>1)` हुन्छ । अर्थात बस्तुको मूल्यमा भएको बृध्दिका कारण माग परिणाममा परिवर्तन भै उपभोक्ताको कुल खर्च घटेमा वा मूल्यमा कमी भएका कारण माग परिणाममा वृध्दि भै कुल खर्च बढेमा मागको मूल्यलोच एकाई भन्द बढी हुन्छ ।

२- एकाई बराबर लोच (Elasticity equal to unity or one)
बस्तु वा सेवाको मूल्यमा भएको परिवर्तनका कारणले माग परिमाणमा परिवर्तन भए तापनि उपभोक्ताको कुल खर्चमा कुनै परिवर्तन भएन भने अर्थात कुल खर्च समान रहेमा मागको लोच एकाई बराबर `(e_p=1)` हुन्छ ।

३- एकाई भन्दा कम लोच (Elasticity less than unity or one)
बस्तु वा सेवाको मूल्य र उक्त बस्तुमा गरिएको उपभोक्ताको कुल खर्च समान दिशामा (change in positive direction) परिवर्तन भएमा मागको लोच एकाई बन्दा कम `(e_p<1)` हुन्छ । अर्को शब्दमा भन्नु पर्दा, बस्तुको मूल्यमा भएमाको कमिका कारण माग परिमाणमा बृध्दि भए तापनि उपभोक्ताको कुल खर्चमा कमी हुन गएमा मागको लोच एकाई भन्दा कम हुन्छ ।

मागको लोच मापन गर्ने कुल खर्च विधिलाई तलको तालिकाबाट अझ प्रष्ट पार्न सकिन्छ ।

 मूल्य रू.

 माग परिमाण

 कुल खर्च

 मागको लोच

 ६०

५०

१ 

६०

१००

एकाई भन्दा बढी मागको लोच `(e_p>1)`

४०

३०

४ 

१२०

१२० 

एकाई बराबर मागको लोच `(e_p=1)` 

२०

१० 

१००

६० 

एकाई भन्दा कम मागको लोच `(e_p<1)` 


माथिको तालिकामा प्रति एकाई मूल्य रू. ६०/- बाट घटेर रू. ५०/- हुँदा माग परिमाण १ एकाई बाट बढेर २ एकाई हुँदैजादा उभोक्ताको कुल खर्च रू. ६०/- बाट बढेर रू. १००/- भएको हुँदा मागको लोच एकाई भन्दा बढी हुन गएको हो । यसै गरी प्रति एकाई मूल्य रू. ४०/- बाट घटेर रू. ३० हुँदा माग परिमाण बढेता पनि उपभोक्ताको कुल खर्च रू. १२०/- मा नै स्थीर रहेको ले मागको लोच एकाई बराबर हुन गएको हो । क्रमिक रुपमा मूल्य घट्दै गएर रू. २०/- बाट रू. १० हुँदा माग परिमाण बढेर ५ एकाई बाट ६ एकाई भए तापनि उपभोक्ताको कुल खर्च भने घटेर रू. १००/- बाट रू. ६०/- भएकोले यस्तो परिस्थितिमा मागको लोच एकाई भन्दा कम हुन गएको हो ।

उपभोक्ताको कुल खर्चलाई आधार मानि मापन गरिने मागको यो लोच बिधिलाई तलको रेखाचित्रको माध्यमबाट समेत स्पष्ट पार्न सकिन्छ ।
 
माथिको रेखा चित्रमा बस्तुको मूल्यमा हुन गएको परिवर्तन र त्यसले उपभोक्ताको कुल खर्चमा पारेको प्रभावलाई चित्रण गरिएको छ । चित्रमा ABCD रेखाले बस्तुको मूल्य र उक्त बस्तुको मागमा गरिएको कुल खर्च बीचको सम्वन्धलाई स्थापित गरेको छ । AB रेखा खण्डले मूल्य र कूल खर्च बीच  विपरित सम्बन्ध स्थापित गरेको हुँदा, यस 
रेखा खण्डले मागको लोच एकाई भन्दा बढी `(e_p>1)` भएको देखाउँदछ । यसैगरी BC रेखा खण्डले मूल्यको कुल खर्च संग स्थीर सम्बन्ध देखाउने हुँदा यहाँ मागको लोच एकाई बाराबर `(e_p=1)` हुने कुरा देखाउँदछ । रेखा चित्रको CD खण्डले मूल्य र कुल खर्च बीच सकारात्मक सम्बन्ध स्थापित गरेको हुँदा, मागको लोच एकाई भन्दा कम हुने कुरा `(e_p<1)` देखाउँदछ । यसरी बस्तुको मूल्यमा भएको परिवर्तन र त्यका करणले उपभोक्ताको कुल खर्चमा पर्ने प्रभाका आधारमा मागको लोच मापन गर्ने बिधि नै कुल खर्च बिधि हो ।