१- उत्पादन सम्भाव्यता बक्रको अवधारणा वर्णन गर्नुहोस् । यो बक्र दायाँतिर स्थानान्तरण हुने कारण लेख्नुहोस् ? Explain the concept of production possibility curve. Write the causes why it shifts to the right.

उत्तरः - सीमित साधनको प्रयोगबाट उत्पादन गर्न सकिने विभिन्न बस्तुहरुको उत्पादन सम्भाव्यताका संयोग विन्दुहरुको प्रतिनिधित्व गर्ने वक्रलाई उत्पादन सम्भाव्यता बक्र भनिन्छ । यस बक्रले सिमित साधन, स्रोत र प्रविधिको प्रयोगबाट एक निश्चित समयमा उत्पादन गर्न सकिने कुनै दुई बस्तुका उत्पानदन सम्भावनाको संयोगलाई जनाउछ ।


उत्पादन सम्भाव्यता बक्रको अवधारणा निम्न लिखित मान्यतामा आधारित छ ।

क) साधनको पूर्ण र उचित उपयोग भएको हुन्छ ।

ख) उत्पादन प्रविधि स्थीर रहन्छ ।

ग) साधनहरुको पूर्ण गतिशीलता हुन्छ ।

घ) अर्थतन्त्रले कुनै दुई बस्तुको मात्र उत्पादन गर्दछ ।

यिनै मान्यताको आधारमा उत्पादन सम्भाव्यता बक्रको अवधारणालाई तालिका एवं रखे वित्रको माध्यमबाट प्रस्तुत गर्न सकिन्छ ।

उत्पादन सम्भाव्यता अनुसूची रेखाचित्र-१

माथिको उत्पादन सम्भाव्यता अनुसूचीले X-बस्तु र Y-बस्तुका उत्पादन गर्न सकिने सम्भाव्य परिमाणलाई देखाउँछ । यदि सम्पूर्ण साधनलाई X-बस्तुको उत्पादनमा मात्र लगाइयो भने X-बस्तुको 4 इकाई उत्पादन गर्न सकिन्छ भने Y-बस्तुको शून्य इकाई उत्पादन हुन्छ। त्यसैगरी यदि सम्पूर्ण साधनलाई Y-बस्तुको उत्पादनमा मात्र लगाइयो भने Y-बस्तुको 10  इकाई उत्पादन गर्न सकिन्छ भने X-बस्तुको शून्य इकाई उत्पादन हुन्छ । तर साधनलाई दुवै बस्तु उत्पादनमा लगाइयो भने  X र Y बस्तुका क्रमशः 0, 10 अथवा 1, 9 अथवा 2, 7 अथवा 3, 4 अथवा 4, 0 इकाई उत्पादन गर्न सकिने सम्भावना देखिन्छन् जसलाई क्रमशः A, B, C, D र E  ले  देखाइएको छ । यसै अनुसूचीलाई रेखचित्री प्रस्तुतीकरण गर्दा माथिको रेखा चित्रमा देखाइए जस्तो X र Y बस्तुका उत्पादन गर्न सकिने परिमाणका संयोबिन्दु A, B, C, D र E प्राप्त हुन्छन् । यिनै संयोबिन्दु A, B, C, D र E लाई एक-आपसमा जोड्दा देखापर्ने AE बक्र  नै उत्पादन सम्भाव्यता बक्र हो ।

उत्पादन सम्भाव्यता बक्र दायाँतिर स्थानतन्तरण हुने कारणहरूः

उत्पादन सम्भाव्यता बक्र निम्नलिखित कारणले दायाँतिर स्थानतन्तरण हुन्छ ।

क) उत्पादनका साधनमा परिवर्तनः

समयको अन्तराल संगै देशमा उपलब्ध श्रमशक्ति, पूँजी जस्ता उत्पादनका साधनको परिमाणमा मात्र बृध्दि हुँदा पनि उत्पादन परिमाणमा बृध्दि हुन्छ । परिणाम स्वरुप X र Y बस्तु मध्य कुनै एक बस्तु अथवा दुबै बस्तुको परिमाणमा तुलनात्मक रुपमा बृध्दि हुनगई उत्पादन सम्भाव्यता बक्र दायाँतिर स्थानान्तरण हुन्छ ।

ख) प्रविधिमा परिवर्तन

जव समयको अन्तराल संगै परम्परागत उत्पादन प्रविधिमा मात्र सुधार भइ नयाँ प्रविधिको विकाश हुन्छ, तब साधनको उत्पादन कुशलता तथा क्षमतामा बृद्धि हुनजान्छ । परिणाम स्वरुप  उत्पादनमा बृद्धि  हुन गई X र Y बस्तु मध्य कुनै एक बस्तु अथवा दुबै बस्तुको परिमाणमा तुलनात्मक रुपमा बृध्दि हुनजान्छ र उत्पादन सम्भाव्यता बक्र दायाँतिर स्थानान्तरण हुन्छ ।

ग) उत्पादनका साधन र प्रविधि दुवैमा परिवर्तन

यदि त्पादनका साधन र प्रविधि दुवैमा संग संगै परिवर्तन हुन्छ भने श्रमशक्ती, पूँजी र प्रविधिमा सुधारात्मक परिवर्तन सम्भब हुनजान्छ र यसले उत्पादन परिमाणमा अधिक बृद्धि हुन्छ । परिणाम स्वरुप X र Y बस्तु मध्य कुनै एक बस्तु अथवा दुबै बस्तुको परिमाणमा तुलनात्मक रुपमा बृध्दि हुनजान्छ र उत्पादन सम्भाव्यता बक्र दायाँतिर स्थानान्तरण हुन्छ ।

उत्पादन सम्भाव्यता बक्र दायाँतिर स्थानतन्तरण हुने प्रक्रियालाई रेरखाचित्रको माध्यमवाट निम्न अनुसार देखाउन सकिन्छ ।

माथि उल्लेख गरिए अनुसार उत्पादनका साधन श्रमशक्ती, पूँजी र प्रविधिमा सुधारात्मक परिवर्तन भएमा X र Y बस्तु मध्य कुनै एक बस्तु अथवा दुबै बस्तुको परिमाणमा तुलनात्मक रुपमा बृध्दि हुनजान्छ र उत्पादन सम्भाव्यता बक्र माथिको रेखा चित्रमा देखाए अनुरुप शुरुको उत्पादन सम्भाव्यता बक्र  AE बाट दायाँतिर स्थानान्तरण भइ नयाँ उत्पादन सम्भाव्यता बक्र FG बन्न जान्छ । यो नयाँ उत्पादन सम्भाव्यता बक्र FG ले तुलनात्मक रुपमा X र Y बस्तु मध्य कुनै एक बस्तु अथवा दुबै बस्तुको परिमाणमा बृद्धि भएको तथ्यलाई प्रष्ट पार्दछ ।

२. श्रम विभाजन भनेको के हो? यसका फाइदा र बेफाइदाहरु लेख्नुहोस् ।
What do you mean by division of labor? What are its advantages and disadvantages?
उत्तरः- बस्तु वा सेवाको उत्पादन कार्यलाई विभिन्न उप-कार्यमा विभाजनगरी प्रत्येक उप-कार्यलाई श्रमिकको दक्षताका र कुशलताको आधारमा उपयुक्त श्रमिकलाई उपयुक्त उप-कार्य गर्न लगाई कार्य विभाजन गर्ने प्रक्रियालाई नै श्रम विभाजन भनिन्छ । उदाहरणका लागि, एउटा पाइन्ट सिलाउने कार्यलाई एउटाले कपडा मात्र काट्ने, अर्कोले सिलाउने, तेस्रोले प्रेसमात्र लगाने र चौथोले पट्याएर प्याकिङ मात्र गर्ने गरियो भने, यसरी कार्य विभाजन गर्ने कान नै श्रम विभाजन हो ।

श्रम विभाजन उत्पादन प्रक्रियाको एउटा अभिन्न अंग मानिन्छ । श्रविभाजनले उत्पादनमा बृद्धि, कार्यकुशलतामा उन्नति लागतमा कटौती हुनुका साथै समयको वचत र नयाँ प्रविधिको विकाशमा मदत पुग्दछ । तथापि श्रम विभाजनका आफ्ने प्रकारका बेफाई भने विद्धेमान रहेका छन् ।

श्रम विभाजनका फाइदा तथा वेफाइदाहरुलाई निन्न अनुसार ब्याख्या गर्न सकिन्छ ।

श्रम विभाजनका फाइदा 

क) उत्पादनमा बृद्धिः- श्रम विभाजन उत्पादनले उत्पादनमा बृद्धि गराउँछ । एउटा पिन बनाउने सम्पूर्ण काम एउटामात्र श्रमिकले गर्ने हो भने एक घण्टमा ३-४ पिन मात्र बन्छन् भने श्रम विभाजनबाट एक घण्टामा १०० वटा भन्दा बढी पिन बनाउन सकिन्छ । यसरी श्रम विभाजनले उत्पादनमा बृद्धि गराउँछ ।

ख) श्रमिकको कार्यकुशलतामा बृद्धिः- श्रम विभाजमा एउटा श्रमिकलाई कुनै एउटा निश्चित कार्य सम्पन्न गर्ने जिम्मा दिइएको हुन्छ । उक्तकार्य निरन्तर गर्दै जाँदा श्रमिकको उक्तकार्य सम्पन्न गर्ने कुशलतामा बृद्धि हुदैजान्छ ।

ग) नयाँ प्रविधिको विकाशः- श्रम विभाजनमा श्रमिकलाई कुनै निश्चित कार्य सम्पन्न गर्ने जिम्मा दिइएको हुन्छ र आफ्नो कार्यलाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्ने विषयमा श्रमिक सधैं चिन्तनशील भइ कार्य सम्पन्न गर्न नयाँ प्रयोग समेत गर्दछ । यसले नयाँ प्रविधिको विकाशको ढोका खोल्दछ । यसरी श्रम विभाजनले नयाँ प्रविधिको आविष्कार हुने सम्भावना बढ्दै जान्छ । 

घ) उपयुक्त श्रमिक उपयुक्त ठाउँमाः- श्रम विभाजन अन्तर्गत कार्य विभाजन गरिदाँ जुन श्रमिकको जे कार्य क्षमता हुन्छ सो श्रमिकलाई उही कार्य गर्न लगाइन्छ । यसरी श्रमिकले आफ्नो शीप अनुसारको काम गर्ने मौका पाउँछ र  छिटो र सजिलोसंग कार्य सम्पन्न हुन्छ ।

ङ) समयको बचतः- श्रम विभाजनले समयको बचत गराउछ । यदि एउटा गराको अन्न भित्र्याउन एकजना मात्र श्रमिक काममा लगाइयो भने दिन भरि लाग्न सक्छ । तर कसैले काट्ने, कसैले मुठा बाध्ने कसैले दाना झार्ने कार्य गरियो भने २-३ घण्टामा कार्य सम्पन्न गर्न सकिन्छ । यसरी श्रम विभाजनले समयको चवत गराउँछ ।

च) बस्तुको मूल्यमा कमीः- श्रम विभाजन अन्तर्गत बृहत र सिघ्र उत्पादन नीति अवलम्वन गरिन्छ परिणाम स्वरुप प्रति इकाई उत्पादन लागतमा कटौती हुन गइ बस्तुको मूल्यमा कमी हुन्छ । यसले बजारमा बस्तु सूफत मूल्यमा प्रापत हुन्छ ।

श्रम विभाजनका बेफाइदा

क) कार्यमा नैराश्यताः- श्रम विभाजन अन्तर्गत एउटा श्रमिकले सधैं एउटै प्रकारको कार्य गरिरहनु पर्ने हुन्छ । सधैं एउटै प्रकारको कार्य गरिरहँदा श्रमिकमा आफ्नो कार्य प्रति नैराश्यता उत्पन्न हुन्छ र उत्पादनमा नकारात्मक प्रभाव पर्दछ ।

ख) वेरोजगारीको सम्भावनाः- श्रम विभाजन अन्तर्गत एउटा श्रमिकले सधैं एउटै प्रकारको कार्य गरिरहनु पर्ने हुँदा ऊ कुनै निश्चित कार्य मात्र सम्पन्न गर्नमा सिपालु हुन्छ । अन्य प्रकारका कार्य उसले सजिलै सम्पन्न गर्न सक्दैन्। कुनै कारणवस् उसले जागिर छोड्नु परे अन्य स्थानमा आफुले जानेको काम नपाउँदा वेरोजारी रहनुपर्ने सम्भावना रहन्छ ।

ग) जिम्मेवारीको अभावः- श्रम विभाजन अन्तर्गत एउटा कार्यलाई विभिन्न उप-कार्यमा विभाजन गरी धेरै श्रमिकको संयुक्त प्रयासवाट सम्पन्न गरिन्छन तर कार्यमा कुनै किसिमको दोष देखिएमा त्यसको जिम्मेवारीबाट सबै श्रमिकहरु पन्छिन्छन् । कार्यदोषको जिम्मेबारी कसैले लिदैन् ।

घ) आर्थिक मन्दिको डरः- श्रम विभाजनका कारण अत्यधिक उत्पादन भई बस्तुको मागको तुलनामा पूर्ति अधिक हुने सम्भावना रहन्छ । अधिक उत्पादन भएमा बस्तुको मूल्यमा कमी भई अर्थतन्त्रमा मन्दीको सम्भावना व्याप्त हुन्छ ।

ङ) सीपको ह्रासः- श्रम विभाजन अन्तर्गत एउटा श्रमिकले सम्पूर्ण काम आफै नगरी त्यसको एक उप-कार्य मात्र सम्पन गर्नु पर्ने हुँदा बस्तु उत्पादनको अन्य उप-कार्य सम्बन्धि उसको सीप लोप भएर जान्छ ।

यसरी बस्तु तथा सेवाको उत्पादनमा श्रम विभाजनका फाइदाका साथ साथै बेफाइदा पनि लागु हुने हुँदा स्रम विभाजन गर्दा सम्भाव्य बेपादा प्रति उत्पादक चनाखो रहनु आवश्यक हुन्छ ।