Latest Reading Materials & Articles

Product pricing short question | साधनको मूल्य निर्धारण अति छोटा प्रश्नहरु

Product pricing short question | साधनको मूल्य निर्धारण अति छोटा प्रश्नहरु
१- तल दिइएका प्रश्नहरुको हति छोटो उत्तर दिनुहोस् ।
(क) बजार भनेको के हो?
उत्तरः- बजार भनेको निश्चित मूल्यमा बस्तु वा सेवाको खरिद बिक्री हुने स्थान हो।
(ख) स्थानीय बजार र अन्तर्राष्ट्रिय बजारबिचका कुनै दुई भिन्नता उल्लेख गर्नुहोस् ।
उत्तरः- स्थनीय बजार र अन्तर्राष्ट्रिय बजार भिन्नता,

 स्थानीय बजार

 अन्तर्राष्ट्रिय बजार

(क) जुन ठाउँमा बस्तुको उत्पादन हुछ, त्यहीँ नै बस्तुको खपत हुन्छ।

(ख) सागपात, तरकारी फलफूल लगाएत ईँटा, ढुङ्गा, बालुवाको बजार स्थानीय बजारको उदाहरण हुन्।

(क) जुन ठाउँमा बस्तुको उत्पादन हुछ, त्यसै ठाउँमा मात्र बस्तुको खपत नभई  विदेशमा समेत कपत हुन्छ ।

(ख) सुन, चाँदि, तामा, फलाम लगाएत प्रविधि जन्य बस्तु अन्तर्राष्ट्रिय बजारका उदाहरण हुन्।

(ग) साधन बजार र बस्तु बजारमा के भिन्नता छ?
उत्तरः- उत्पादित तयारी बस्तुहरुको खरिद बिक्री हुने बजार बस्तु वजार हो भने बस्तुको उत्पादन गर्न प्रयोग गरिने साधनहरु जस्तै पूँजी, श्रम आदिको खरिद बिक्री गरिने बजार साधन बजार हो।
(घ) वित्तीय बजार भनेको के हो?
उत्तरः- वित्तीय समपत्तिहरुको खरिद बिक्रीहुने बजार वित्तीय बजार हो।
(ङ) पूर्ण प्रतिस्पर्धाको बजार भनेको के हो?
उत्तरः- समान मूल्यमा समरुपी (एउटै प्रकारको) बस्तुको खरिद बिक्री गर्ने क्रेता र बिक्रेताको अधिक संख्या भएको बजार पूर्ण प्रतिस्पर्धा बजा हो।
(च) पूर्ण प्रतिस्पर्धाको बजारमा बस्तुको मूल्य निर्धारण कसरी हुन्छ?
उत्तरः- पूर्न प्रतिस्पर्धा बजारमा क्रेता र विक्रेताबिचको अन्तर्क्रिया द्वारा बस्तुको मूल्य निर्धारन हुन्छ।
(छ) एकाधिकार बजारका कुनै दुई मुख्य विशेषता उल्लेख गर्नुहोस्।
उत्तरः- एकमात्र बिक्रेता हुुनु,  निकट प्रतिस्थापन बस्तुको अभाव हुनु,
(ज) एकाधिकार वजारमा फर्म सन्तुलनमा हुनका लागि आवश्यक पर्ने दुई सर्तहरु के के हुन्?
उत्तरः- एकाधिकार बजारमा फर्म सन्तुलनका लागि आबश्यक पर्ने दुई सर्त हरुः
१- सीमान्त आय बराबर सीमान्त लागत हुनु पर्दछ । अथवा (MR=MR)
२- सीमान्त लागत वक्र रेखाले सीमान्त आय रेखालाई तलबाट काटेर माथितिर गएको हुनु पर्दछ अथवा (Slop of MC>MR)
(झ) मुदा बजार र पूँजी बजारबिच के फरक छ?
उत्तरः- अल्पकालीन वित्तीय समपत्तिहरुको खरिद बिक्री हुने बजार वित्तीय बजार हो भने दीर्घकालीन वित्तीय सम्पत्तिहरुको करिद बिक्री हुने बजार पुवजि बजार हो।


Comments